केपी ओलीको घर छेउमा गगनको मार्मिक सम्बोधन, बालबालिकाको पनि मन जिते (तस्वीर)
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगनकुमार थापाले देशभरि कांग्रेस पार्टी र पार्टीका नेता तथा कार्यकर्ताले हज्जारौँ सत्कर्म गरिरहेको बताएका छन् ।
भक्तपुरको बालकोटमा शनिबार आयोजित स्व.श्यामबहादुर कार्कीको १२औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीले गर्ने सत्कर्मले भावी पुस्तालाई असल बाटोमा हिँड्न सहयोग मिल्ने बताए । उनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई असल र रचनात्मक कार्यमा हिँड्न सुझाव दिए ।
‘हामीले दैनिक रुपमा हज्जारौँ असल सत्कर्म गरेका हुन्छौँ’, उनले भने, ‘पार्टीका नेता तथा कार्यकर्ताले गर्ने यस्ता रचनात्मक कार्यले नयाँ पुस्तालाई सहयोग मिल्छ ।’
नेपाली कांग्रेसका नेता थापाले सञ्चारमाध्यममा निरासापूर्ण समाचार आउने गर्दा सबैलाई निरासा भाव हुने गरेको भन्दै त्यस्ता समाचारले गर्दा असल कार्यहरू ओझेलमा परेको बताए ।
रक्तदानसहितका स–साना कार्यहरूलाई अर्थहीन बुझ्ने कार्यको अन्त्य गर्नुपर्ने थापाले बताए । ‘यस्ता स–साना कार्यहरूले समाजमा सकारात्मक सन्देश दिएको हुन्छ’, उनले भने, ‘हामीले निरासालाई मात्रै हेर्नु हुँदैन । सकारात्मक कुरा पनि भएका छन् ।’
स्व.श्यामबहादुर कार्कीको १२औँ स्मृति प्रतिष्ठानले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा उल्लेख्य युवाहरू सहभागी भएका छन् ।
युवा नेता थापाले सोही कार्यक्रममा स–साना बालबालिकालाई निःशुल्क रुपमा शैक्षिक सामाग्री पनि वितरण गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीको वडामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता थापाले हरेक विषयलाई नकारात्मक रुपमा मात्रै हेर्न नहुने बताएका थिए । उनले सबै कुरालाई नकारात्मक रुपमा हेर्दा समाजमा बिकृति र बिसंगती बढ्ने समेत उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका जिल्ला अध्यक्ष राजु थापासहितका नेताहरूको सहभागिता रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया