कांग्रेसले रामेछापका पीडितको आँशु पुछ्यो, कम्युनिस्ट सरकार चुपचाप
मन्थली । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नम्बर ३ को साँघुटारमा भएको आगलागीका पीडितहरूलाई नेपाली कांग्रेसले आर्थिक सहायता प्रदान गरेको छ ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाली कांग्रेसका नेता कान्छाराम तामाङ तथा रामेछाप कांग्रेसका सभापति लव न्यौपानेले आगलागी पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस र नेताहरूले प्रदान गरेको आर्थिक सहयोग साँघुटार टोल सुधार समितिका अध्यक्ष राजकुमार श्रेष्ठमार्फत वितरण गरिनेछ ।
ती घरहरूमा विद्युत सर्ट भएर आगालागी भएको रामेछाप प्रहरीका प्रमुख डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईका अनुसार नेपाली कांग्रेस रामेछाप र नेपाली कांग्रेसका नेताहरूको तर्फबाट शनिबार पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले ३३ हजार ३ सय ५५ रुपियाँ, रामेछाप कांग्रेसका सभापति लव न्यौपानेले पार्टीको तर्फबाट १ लाख ८३ हजार १५ रुपियाँ तथा कान्छाराम तामाङले १ लाख ३ हजार सहयोग प्रदान गरेका छन् । नेपाली कांग्रेस रामेछाप नगर समितिले ३ लाख १९ हजार ३ सय ७० रुपियाँ प्रदान गरेको छ ।
साउन ९ गते साँघुटारमा आगलागी हुँदा स्थानीय राजन सुवेदी, अंकित श्रेष्ठसहितको घर पूर्णरुपमा क्षति भएको थियो ।
आगलागी भएका पीडितहरूलाई जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिघर १० हजार आर्थिक सहयोग प्रदान गरेको थियो । उनीहरूलाई लत्ताकपडा पनि प्रदान गरिएको थियो ।
केन्द्र र प्रदेश सरकारले आगलागी पीडितहरूलाई कुनै पनि सहयोग प्रदान गरेको छैन ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले जहाँको जनता भए पनि आफूहरूले पीडितलाई सहयोग गर्ने दायित्व भएको बताए ।
‘यो सरकारले गरिव जनतालाई सहयोग गर्ने क्षमता राख्दैन’, खतिवडाले भने, ‘नेपाली कांग्रेस र हाम्रो पार्टीका नेताहरूले सक्दो आर्थिक सहयोग गरेका छौँ ।’
कांग्रेसका नेता कान्छाराम तामाङले रामेछापका पीडित जनतालाई आफ्नो तर्फबाट सानो रकम आर्थिक सहयोग प्रदान गरिएको बताए ।
रामेछाप कांग्रेसका सभापति लव न्यौपानेले आगलागी पीडितहरूलाई केन्द्र र प्रदेश सरकारले सहयोग गर्ने विषयमा ध्यान नदिएको गुनासो गरे । उनले कतैबाट सहयोग नआएको देखेपछि मानवीय हिसावले आफूहरूले सहयोग गरेको बताए ।
यसैबीच, आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रममा सेलाघार–रामेछाप–सालुपाटी सडक कालोपत्रे हुन लागेको जानकारी दिइएको थियो ।
कालोपत्र गर्नका लागि टेण्डर भइसकेको छ । सो कुराको जानकारी आर्थिक सहयोग प्रदान गर्ने क्रममा जानकारी दिइएको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया