सुजललाई अन्तर्राष्ट्रिय ताईक्वाण्डोमा स्वर्ण, देशभरि खुसीयाली
काठमाडौं । मित्र राष्ट्र दक्षिण कोरियामा सम्पन्न सिनहान युनिभर्सिटी अन्तर्राष्ट्रिय ताईक्वान्डो च्याम्पियनसिप सुजलनन्द बैद्यले स्वर्ण पदक हासिल गरेका छन् ।
बैद्यले ५५ केजी तौल समूहमा प्री क्वाटरमा थाइल्याण्डका खेलाडीले पराजित गर्दै क्वाटर फाइनलतर्फ मलेसियाका खेलाडीलाई पराजित गरेका हुन् ।
उनले सेमिफाइनलमा भियतनामका खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
फाइनलमा कोरियाका खेलाडीलाई पराजित गर्दै बैद्यले स्वर्ण पदक हासिल गरेका हुन् ।
बैद्यको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण पदक हो । उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेपछि देशभरि ताईक्वाण्डोका खेलाडी र प्रशिक्षकहरू खुसी भएका छन् ।
एक वर्ष अगाडि थाइल्यान्ड ओपन ताईक्वान्डो च्याम्पियनसिपमा बैद्यले रजत पदक ल्याएका थिए ।
बैद्यले नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा थुप्रै स्वर्ण पदक हासिल गरिसकेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया