अमेरिकामा गिरिजाबाबु र भानुभक्तको सम्झनामा भव्य कार्यक्रम
अमेरिका । नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले पहिलो पटक नेपालिज हेरिटेज तथा २०६औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती भव्यताका साथ मनाएको छ ।
न्युयार्क सिटीको क्विन्सबोरो प्रेसीडेन्ट मेलिन्दा काट्ज र जीपी कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कमा पहिलो पटक नेपालिज हेरिटेज तथा २०६औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयान्ती जुलाई २७ तारिखका दिन साँझ विशेष कार्यक्रमको रुपमा मनाएको हो ।
कार्यक्रममा न्युयोर्क सिटिको क्वीन्सबोरो प्रेसिडेन्ट र मेयर कार्यालयका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गान गाएर सुरु भएको थियो । एस्थर डुक्लिएरले आफ्नै सुरीलो आवाजमा अमेरिकी राष्ट्रिय गान गायकी थिइन् ।
उक्त अवसरमा जीपी कोइराला फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले न्युयोर्क सिटिसगं मिलेर पहिलो पटक न्युर्योकमा नेपालिज हेरिटेज र भानु जयन्ती कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै उपस्थित सबै अतिथिहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शोभाकर पराजुली र उपस्थित विशेष अतिथिहरूलाई खादा ओढाइ फाउण्डेसनकी कोषाध्यक्ष ब्रेन्दा राईले सम्मान तथा स्वागत गरेकी थिइन् ।
विशेष अतिथिहरू नेपाली कांग्रेसका नेता बाबुकृष्ण सापकोटा, क्विन्सवोरोका डेमोक्रेट डिसट्रीक लिडर एन्थोनि एन्ड्रयुज, वरिष्ठ कानूनविद् नरेश गेही, सेनेटर जन लु का चिफ अफ स्टाफ अस्कर पटेल, न्युयोर्क सिटि मेयर अफिसका सिनियर कम्युनिटि ल्याजन रोहन नरिनहरू थिए ।
आइसिसिडि इन्टरफेथका अध्यक्ष एमडि आरसलाम, वर्ल्ड योगा फेडरेसनका अध्यक्ष तथा सिइओ दिलिपकुमार तानकपान गुरुजी तथा नेपालि समाजमा विशेष योगदान पु¥याएका वरिष्ठ समाजसेवीहरु क्रमशः डाक्टर तारा निरौंला, डाक्टर कमल पाण्डे, डाक्टर गोविन्द कोइराला, राम खत्री, बन्दना कोइराला, अजय छेच्छुन, रतन लामा, नेका नेत्रीद्वय गोमा सेन र राजन बिस्वकर्मा, नेता बेद खरेल, हरिश हमाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीकी अध्यक्ष गीता खत्री, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयार्कका अध्यक्ष राजेन्द्र श्रेष्ठ, तामाङ समाज उत्तर अमेरीका न्युयार्ककी अध्यक्ष गोमा योन्जन, कोरियन अमेरिकन फ्लसिङका अध्यक्ष युन सन, युनाइटेड वि स्टेण्डका अध्यक्ष तथा युनियन नेता अरमुघन असर, न्युयार्क मुस्लिम सेन्टरका पूर्व अध्यक्ष सलिम सहिद, लेखिका रहमिना अक्तर, कवियत्री वेला कादिर, वरिष्ठ पत्रकार आङ छिरिङ शेर्पा र बिके नेवाः तथा विभिन्न समुदायका विशिष्ट व्यक्तिहरू र फाउण्डेसनको तर्फवाट उपाध्यक्ष सुवर्ण लामा, कोषाध्यक्ष ब्रेन्दा राई, केन्द्रीय सदस्यहरू क्रमशः प्रेम पौडेल, छिरिङ राप्के लामा, शारदा झेत्री, राम श्रेष्ठ, विमल डाँगी, बिष्णु सिहं बैंजु, श्याम कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्विन्सबोरो प्रेसिडेन्ट मेलिन्दा काट्ज कार्यालयको कम्युनिटी एफेयर डाइरेक्टर डाक्टर महममद हकले नेपालको प्रजातन्त्र, शान्ति र विकासमा योगदान पु¥याएका स्व.गिरिजाप्रसादको नाममा स्थापित जीपी फाउण्डेसनसँग सिटिले मिलेर नेपाली पहिचानको कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गदै यस किसिमको कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाली समुदायको पहिचान झल्कने विभिन्न समुदायहरूको नृत्यहरू समावेश गरेर समुदायलाई नृत्यवाट केही सिकौं भन्ने उद्देश्य लिएर अमेरिका भ्रमण गरेका नेपाली युवा कलाकारहरू मिलेर बनाइएको सस्थां नेपाल हिपअप फाउण्डेनका नौ जना कलाकारहरूले ज्ञानवर्धक नृत्य प्रस्तुत गरेका थिए ।
हिपअप फाउण्डेसनका सस्थापक दीपेश थापाले फाउण्डेसनको वारेमा प्रष्टाएका थिए । प्रेम पौडेल र हेमन मल्लले हिपअप फाउण्डेसनका सस्थापक दीपेश थापालाई सम्मान गरेका थिए ।
नेवाः गुठी न्युयोर्कको प्रतिनिधि गर्दै कविना महर्जनले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिइन । वरिष्ठ गायिका संगीता मुखियाले आफ्नो लुकेको प्रतिभा एन्जेल लाहमु गुरुङ र छिरिङ डाइना शेर्पासगं नृत्य गरेर सबैलाई चकित पारेका थिए ।
सारा पौडेल, रीया तामाङ र रिन्चेन लामाको दमदार नेपाली नृत्य प्रस्तुति दिइएको थियो ।
कार्यक्रमको अन्त्यमा लोकगीतका बरिष्ठ कलाकारद्वय गायक बिमल डांगी र संगीता थापाको प्रस्तुतिले सबै अतिथिहरु नाचेका थिए ।
बरिष्ठ वाध्यवाधक नुच्छे नारायण डंगोलको दमदार प्रस्तुति थियो । बरिष्ठ गायक राम श्रेष्ठले आफ्नो अमूल्य समय खर्च गरेर माईक र साउण्ड सिस्टम उपलब्ध गराएका थिए ।
कार्यक्रममा क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालयले १० जना नेपाली समुदायको व्यक्तित्वहरु मध्येबाट छानेर ३ जनालाई सम्मान गरेका थिए ।
पुरुस्कृत हुनेहरुमा डा गोविन्द कोइराला, एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा र मीना कुमारी राई थिए ।
पुरस्कृत व्यक्तित्वहरुलाई क्वीन्सबोरो प्रिसेडेन्टको कार्यालय, मेयर कार्यालयको प्रतिनिधि र जिपि फाण्डेसनले संयुक्त रुपमा सम्मान गरेका थिए भने डाक्टर गोविन्द कोइरालाले भानुको वारेमा कविता वाचन गरेका थिए ।
प्रमुख अतिथिले क्विन्स काउन्टीकका डेमोक्र्या्टिक लिडर एन्थोनि डि एन्ड्र्युज लाई आफैले लेखेको पुस्तक उपहार दिंदै सबै कलाकारहरुलाई पुरस्कार वितरण र सम्मान गरेका थिए ।
भानुको सम्झनामा केही कविताहरु पनि प्राप्त भएको थियो ।
अन्तयमा फाउण्डेशनका अध्यक्षले सबै उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया