ललितपुर कांग्रेसका नेताको उपचार गर्न ७ लाख प्रदान

काठमाडौं । नेपाली कांग्रेस ललितपुरका पूर्वजिल्ला सचिव दिलिप कर्माचार्यलाई उपचारका लागि ७ लाख ७ हजार प्रदान गरिएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको विशेष पहलमा कर्माचार्यलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

आर्थिक सहयोग संकलनका लागि नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनसहितका नेताहरू सम्मिलित आर्थिक सहयोग संकलन समिति समेत बनाइएको थियो ।

कर्माचार्य १ वर्षदेखि बिरामी छन् । उनलाई फोक्सो र कलेजोको क्यान्सर देखा परेको छ । उनले किमो गरिरहेका छन् ।

कर्माचार्य योग गुरु समेत हुन् । आयुर्वेदिक उपचारका लागि कर्माचार्य भारतको हरिद्वार जानेछन् ।

०४६ सालको जनआन्दोलन होमिएका कर्माचार्य ०५२ सालमा नेपाल विद्यार्थी संघ ललितपुर जिल्लाका अध्यक्ष रहिसकेका छन् ।

कर्माचार्य गोदावरी नगरपालिकाभित्र लोकप्रिय कांग्रेस नेता मानिन्छन् ।

कर्माचार्यको सहयोग संकलनका लागि मेयर गजेन्द्र महर्जनले गोदावरी नगरपालिकामा रहेका नेपाली कांग्रेसका नेताहरूको समिति बनाएका थिए ।

सो समितिमा ललितपुर क्षेत्र नम्बर १ का महासमिति सदस्य युवा नेता मीनकृष्ण महर्जन, महासमिति सदस्य ऋषिराम घिमिरे जिल्ला सदस्यहरू पुरुषोत्तम सिलवाल, रविन्स शर्मा, प्रभाकर पोखरेल, बशिष्ठ अधिकारी, विमलचन्द्र बिष्ट, क्षेत्रीय कोषाध्यक्ष शेखर न्यौपाने, नेपाली कांग्रेस गोदावरी नगर सभापति सुरज श्रेष्ठ लगायतको नेताहरू सहभागी थिए ।

नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले पार्टीका नेताको उपचारका लागि आफूहरूले सानो आर्थिक सहयोग जुटाएर दिएको बताए ।

युवा नेता महर्जन ललितपुरमा सामाजिक कार्यमा सक्रिय छन् । ललितपुर जिल्लाको करातेको खेलामा पनि उनी ठूलो लगानी छ । उनले भूकम्पका बेला पनि भूकम्पपीडितहरूलाई सहयोग गरेका थिए ।

आर्थिक सहयोग वितरण कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका कार्यबाहक सभापति प्रकाशनन्दन जोशी, गाेदावरी नगरपालिकाकी उपमेयर एवम् कांग्रेस नेतृ मुना अधिकारी र जिल्ला कोषाध्यक्ष कर्म बेञ्जनकारको पनि उपस्थिति रहेको थियो ।

Published : Thursday, 2019 August 1, 8:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया