स्वास्थ्य मन्त्रीद्वारा बैद्यखानामा छड्के, जम्मा चार कर्मचारी
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार बैद्यखानाको अनुगमन गर्दै सुधारका लागि कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।
बुधबार स्वास्थ्यमन्त्री यादवले बैद्यखानाको अनुगमन गरी प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न बैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएका हुन् ।
सरकारको एकमात्र आधिकारिक जडिबुटीजन्य औषधि उत्पादक संस्था बैद्यखानाको कामबारबाही बारे जनगुनासो बढेपछि स्वास्थ्यमन्त्री यादवले बुधबार दिउँसो छड्के अनुगमन गरेका थिए ।
अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाइएको थियो ।
करीब चार दर्जनको संख्यामा कर्मचारी रहेको बैद्यखानामा चार जना मात्रै काम गरेको देखेर स्वास्थ्यमन्त्री यादवले चरम असन्तुष्टि जनाए ।
बैद्यखानाको दुरावस्था देखेर मन्त्री यादवले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादवसँगै अनुगमन टोलीमा स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. केके राई सहभागी थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया