एनआरएनए जापानमा भूमिका खोज्दै रिसाल

जापान । काभ्रे जिल्ला स्थायी घर भई जापानमा रहेका महेश्वर रिसाल एनआरएनए जापानको केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिने भएका छन् ।

रिजालले कार्यसमितिमा आउने भनेपनि कुन पदमा उम्मेदवारी दिने हो खुलाएका छैनन् । साथीहरूसँगको सरसल्लाहपछि कुन पदमा उम्मेदवारी दिन परामर्श भइरहेको उनले बताएका छन् ।

रिसाल एनआरएनए जापन गुन्मा क्षेत्रीय समितिको संयोजक हुन् । गुन्मामा उनको यो तेस्रो कार्यकाल हो ।

आगामी चौथो कार्यकाल २०१९–२१ का लागि आफू जापानको केन्द्रीय समितिमा आउन ईच्छुक रहेको बताए ।

कान्तो क्षेत्रीय समिति २०१३–१५ मा सदस्यबाट एनआरएनएमा संलग्न भएका रिसाल २०१५–१७ को कार्यकाल गुन्मा क्षेत्रीय समिति संस्थापक संयोजक र हाल २०१७–१९मा पनि संयोजक निर्विरोध भएका थिए ।

सन् २००२ मा जापान प्रवेश गरेका रिसालले जापानलाई स्थाई कर्मथलो बनाईसकेका छन् ।

जापानमा नेपालीहरूका माझ उनी सामाजिक काम गर्दै आएका छन् ।

जापानको गुन्मा केनस्थित नेपाली साझा समाज जापानका उनी संस्थापक कोषाध्यक्ष र दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष समेत भएका थिए ।

Published : Tuesday, 2019 July 30, 3:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया