कम्युनिस्ट सरकारद्वारा सांसदहरूलाई सुनको लोगो वितरण
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ ।
प्रदेश सांसदलाई वितरण गरिएको यो लोगो यसअघिको भन्दा ३३ गुणा महँगो छ । चीनको संघाई प्रान्तमा बनाइएको लोगोको मूल्य प्रतिगोटा ६ हजार ५ सय रुपियाँ परेको छ ।
जनप्रतिनिधिहरूको सेवासुविधामा अत्यधिक वृद्धि गरेपछि आलोचना खेपिरहेको गण्डकी प्रदेशको कम्युनिस्ट सरकारफेरि सांसदलाई सुनको लोगो बाँडेर विवादमा परेको छ ।
लोगोमा धातुको रुपमा चाँदी प्रयोग गरिएको छ । बाहिरी भागमा सुनको जलप लगाइएको छ ।
गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि सुनजडित लोगो बनाएर सांसदहरूलाई वितरण गरिएको छ ।
यसअघिको प्रतिगोटा लागोको मूल्य १ सय ९५ रुपियाँ थियो । लोगोमा प्लास्टिक प्रयोग गरिएको थियो ।
प्रदेश सांसदहरूले लगाउँदै आएको लोगो एक वर्ष नपुग्दै धमिलिएपछि गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया