विषादी मिसिएको तरकारी र फलफूल रोक्नुपर्छः कांग्रेस नेता शाह

कृष्णानगर । नेपाली कांग्रेसका युवा नेता एवम् कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप शाहले नेपालमा रहेका उद्योगी व्यवसायीलाई नेपालमै उत्पादन भएको कच्चा पर्दाथमा निर्भर बन्नका लागि आग्रह गरेका छन् ।

कृष्णनगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रममा बोल्दै सांसद शाहले नेपाली उद्योगी व्यवासायीलाई सरंक्षण नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

सरकारले विभिन्न बहानमा नीति निर्माण गरी उद्योगी व्यापारीहरूलाई मारमा पारेको नेपाली कांग्रेसका युवा नेता शाहले बताए ।

सरकारले नेपाली उद्योगी व्यावासायीलाई सरक्षण गर्नुपर्ने बताए । उनले भारतबाट नेपाल अयात हुने फलफूलमा बिषादी परीक्षण गर्नु राम्रो पक्ष भएको बताएका छन् ।

नेपाली कांग्रेसका सांसद शाहले भारतबाट आएको फलफूल परीक्षण गर्ने तर चीनबाट आएको फूल निर्वाध रुपमा नेपाल प्रवेश गर्न दिने कार्य तत्काल बन्द गर्न नेपाल सरकारसंग माग गरे ।

उनले कृष्णानगरमा सुख्खा बन्ददरगाह, पशु क्वारेन्टाईन र फलफूल क्वरेन्टाईनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बीरेन्द्रकुमार कनोडियाले कृष्णानगरको बिकास कृष्णानगर उद्योग वाणिज्य संघकै मतहतमा हुने भएकोले मिलेर काम गर्न अनुरोध गरे ।

संघको स्थापना विक्रम संवत २०३० मा भएपछि संघले कृष्णनगरले व्यापारीहरूको हक हितमा नै काम गर्दै आएको कनोडियाको भनाई रहेको थियो ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले व्यापारीहरूसंगै कृष्णानगरको बिकास केन्द्रित काम गर्नु जरूरि जिकिर गरे ।

गत असार १८ गते कृष्णनगर उद्योग बाणिज्य सघको निर्वाचनबाट राम कुमार गुप्ता अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

सघंको वरिष्ट उपाध्यक्ष रविन्द्र गुप्ता, महासचिव घनश्याम अग्रवाल, सचिव पंकज गुप्तालगायत सम्पूर्ण पदाधिकारीलाई सपथ खुवाइएको सचिव पकंज गुप्ताले जानकारी दिए ।

सपथ ग्रहण कार्यक्रममा कृष्णानगरका व्यापारी, सुरक्षाकर्मी, समाजसेवी तथा पत्रकारहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

Published : Saturday, 2019 July 27, 11:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया