मकवानपुरमा कांग्रेसद्वारा आर्थिक सहायता प्रदान, जिल परे कम्युनिस्टहरू
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ ।
खोलाले बगाएर मृत्यु भएका माझडाँडाका तीर्थबहादुर खुलाल मगरका परिवारलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नगद २५ हजार रुपियाँ हस्तान्तरण गरेकी हुन् ।
कांग्रेस नेतृ उपाध्यायले मृतककी छोरी सीता खुलाललाई राहत रकम हस्तान्तरण गरेको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।
असार २७ गते खोलाले बगाउँदा मृत्यु भएको तीर्थबहादुर खुलाल मगरको शव साउन २ गते शव भेटिएको थियो ।
नेपाली कांग्रेस मकवानपुरका संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दाहाल, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, गढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखानसिंह पाख्रिन, वडा सदस्य शिव न्यौपाने, नेपाली कांग्रेस गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङ्तान, नेपाल तरुण दलका प्रतिनिधि लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसको जिल्ला कार्यसमिति बैठकको प्रत्येक मृतक परिवारलाई २५–२५ हजार राहत उपलव्ध गराउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार यसअघि थाहा नगरपालिकामा एक र ईन्द्रसरोबर गाउँपालिकामा तीन परिवारलाई राहत वितरण गरिसकिएको छ ।
गढीका मृतक परिवारलाई दीव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले राहत प्रदान गरेको छ ।
संस्थाकी अध्यक्ष महालक्ष्मी उपाध्यायले ५ हजार रुपियाँ हस्तान्तरण गरेकी छिन् ।
खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले बाढी, पहिरो र डुबानमा परेका सर्वसाधारणको उद्धार र राहतमा ध्यान नदिएको भनेर आलोचना भइरहेका बेला नेपाली कांग्रेस मकवानपुरले मृत्यु भएका परिवारका आफन्तलाई नगद रकम राहत स्वरुप उपलब्ध गराएको छ ।
केन्द्र सरकार र प्रदेश सरकारले समेत बाढी, पहिरो र डुबानमा परेका सर्वसाधारणको पीडामा बेवास्ता गरिरहेको आरोप लागेको छ । नेपाली कांग्रेसले पीडित परिवारलाई आर्थिक सहयोग गरेपछि कम्युनिस्टहरू जिल परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया