ओलीको ट्वीटबाट गलत ह्याण्डललाई मेन्सन
काठमाडौं । प्रधानमन्त्री खडगप्रसाद ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरू कसैको ट्वीटर ह्याण्डललाई मेन्सन गरेर बधाई दिएको खुलासा भएको छ ।
बधाई दिएको केही समयपछि त्यसलाई डिलिट गरेर सही ह्याण्डललाई मेन्सन गरेर पुनः ओलीको ट्वीट गरिएको छ ।
केही समयअघि मात्रै प्रधानमन्त्री ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डलबाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै गलत ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो ।
प्रधानमन्त्री ओलीले शुरूमा मेन्सन गरको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ । ८ जनाले मात्रै फलो गरेका छन् ।
प्रधानमन्त्री जोन्सनको भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५० हजार जनाले फलो गरेका छन् ।
स्रोतका अनुसार ट्वीटर प्रधानमन्त्री ओली आफैले चलाउँदैनन् । उनको ट्वीटर सहयोगीहरूले चलाउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया