गायक खड्काको एकल साँझमा ‘होली वाइन’को लगानी, श्रेष्ठको इतिहाँस मेट्ने षड्यन्त्र

काठमाडौं । छ महिना अगाडि ‘होली वाइन काण्ड’ मच्चाएको एकनाथ ढकालको क्रिश्चियन धर्म प्रचारकसम्बन्धी विवादास्पद संस्थाको सहकार्यमा गायक सुमित खड्काले एउटा तथ्यलाई मेट्ने गरेर राष्ट्रिय गीतको एकल साँझ कार्यक्रम गर्न लागेको रहस्य खुलेको छ ।

चर्चित संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले तीन वर्ष अगाडि नै बनाएको तथ्यलाई मेट्ने गरेर गायक खड्काले विवादास्पद होली वाइन काण्डकाको विवादास्पद माउ संस्था ‘यूनिभर्सल पिस फाउन्डेशन’को आर्थिक सहयोगमा साउन ९ गते विहीबार एकल साँझ गर्न लागेका हुन् ।

फाउन्डेशनले गायक खड्काको एकल साँझ कार्यक्रमलाई आर्थिक सहयोग गरेको स्वीकारेको छ । फाउण्डेशनमा फोन गरेर सम्पर्क गर्दा ०१४४४४८७१ नम्बरको ल्याण्डलाइन फाेन उठाउन व्यक्तिले गायक खड्काको कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गरेको बताए । तर, उनले कति रकम दिएको हो खुलाएनन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार २ बजेदेखि गायक खड्काले ‘राष्ट्रिय भावहरूको गीतको एकल साँझ राष्ट्र र राष्ट्रियताको आवाज सुमित खड्का देशको आवाज’ नामक कार्यक्रम गर्न लागेका हुन् । गायक खड्काको यो कार्यक्रम पहिलो होइन ।

तर, तीन वर्ष अगाडि नै गायक एवम् संगीतकार श्रेष्ठको ०७३ सालमा राष्ट्रिय भावका गीतहरूको एकल गायन सम्पन्न गरिसकेका छन् । दाङको घोराहीमा भएको संगीतकार श्रेष्ठले पहिलो पटक राष्ट्रिय भावका गीतहरूको एकल साँझ गरेका थिए । त्यस बेला राष्ट्रियस्तरका मिडियोले समेत समाचार सम्प्रेषण गरेका थिए ।

त्यस बेला आफूले बनाएको तथ्यलाई गायक खड्काले तोडमोड गरेर सर्वसाधारणमा भ्रम फिजाउन खोजेपछि श्रेष्ठले चित्त दुखाएका हुन् ।

गायक खड्काको कार्यक्रमप्रति संगीतकार श्रेष्ठले असहमति जनाएको छैनन् । तर, गायक खड्काले नेपालमै पहिलो पटक राष्ट्रय भावका गीतहरूसहित एकल साँझ गर्न लागेको भनेर गरेको प्रचार प्रसारप्रति चित्त दुखाएका छन् ।

‘०७३ सालमा दाङमा मेरो राष्ट्रिय भावका गीतहरूको एकल गायन सम्पन्न भैसकेको छ । त्यसैले नेपाली संगीतको इतिहासमा राष्ट्रिय भावका गीतको पहिलो एकल गायन यो चाहिँ होइन’, संगीतकार श्रेष्ठले फेसबुक स्टाटसमा लेखेका छन्, ‘मेरो कार्यक्रमको व्यानर डिजाइनदेखि सूचना सम्प्रेषण समेत आजका आयोजक सुमन बैरागी सरलेनै गर्नुभएको हो ।’

‘इतिहाँस छोप्ने काम नगरौं । कसैको इतिहाँस बनाउने खेलमा अरुको इतिहाँस मेटाउने काम नगरौं’, संगीतकार श्रेष्ठले भनेका छन्, ‘सही सूचना सम्प्रेषणनै पत्रकारिताको मूल मर्म हो । नेपाली संगीतको विकास र विस्तारमा सबै लागौं ।’

‘मेरा प्रिय मित्र गायक सुमित खड्कालाई हार्दिक बधाई एवम् आजको कार्यक्रमको पूर्ण सफलताको शुभकामना’, संगीतकार श्रेष्ठले भनेका छन् ।

गायक खड्काले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यूजिक खबर र यूनिभर्सल पिस फाउन्डेशनको सहकार्यमा नेपाली संगीतको इतिहाँसमा पहिलोपटक राष्ट्रिय भावहरूको गीतको एकल साँझ राष्ट्र र राष्ट्रियताको आवाज सुमित खड्का देशको आवाज कार्यक्रम आज दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । निम्तो छुट्न गएको भए पनि यसैलाई निम्तो मानि उपस्थित भइदिनु होला । यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।’

क्रिश्चियन धर्म प्रचारक संस्थासँग आर्थिक सहयोग लिएर हुन लागेको गायक खड्काको एकल साँझ आफैमा विवादमा परेको छ । उनले झन् संगीतकार श्रेष्ठको मानमर्दन हुने गरेर हर्कत गरेपछि गीत संगीतमा लागेकाहरूले आक्रोश पोखेका छन् ।

‘यूनिभर्सल पिस फाउन्डेशन’ले हालै काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री खड्गप्रसाद ओलीसहितका उच्च राजनीतिक नेतृत्वहरूलाई होली वाइन खुवाएर विवादमा तानेको थियो ।

दक्षिण कोरिया र अमेरिकनहरूको लगानी रहेको क्रिश्चियन धर्म प्रचारक यस संस्था नेपालमा अत्यन्तै बदनामी कमाएको छ । यो संस्थाका नेपालका मालिक एकनाथ ढकाल हुन् । ढकाल विदेशतिर सयर गर्न गएका छन् ।

Published : Thursday, 2019 July 25, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया