सत्तापक्ष र प्रतिपक्ष मिलेर समस्याको समाधान खोजौंः गंगा चौधरी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरी सत्गवाँले बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा छलफलमा सहभागी हुँदै सांसद चौधरीले सरकारलाई मात्रै आरोप लगाएर समस्याको समाधान नहुने बताइन् ।
‘आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन’, उनले भनिन्’, उनले भनिन्, ‘सत्तापक्ष र प्रतिपक्ष मिलेर समस्याको समाधान गर्ने हो । बाढी, पहिरो र डुबानलाई अन्त्य गर्नुपर्छ ।’
नेकपाकी सांसद चौधरीले गतसाताको अविरल वर्षाले दाङको देउखुरीमा राप्ती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा गढवा गाउँपालिकाका ३–४ वटा वडामा डुबान भएको बताइन् । उनले गाउँहरूमा डुबान हुँदा धानबालीमा नोक्सानी भएको बताइन् ।
उनले धानबालीमा भएको नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन् ।
नेकपाकी सांसद चौधरीले प्रतिपक्षको अवरोध नभएको भए दश दिन अगाडि नै बाढी, पहिरो र डुबानमाथि विशेष प्रस्तावमा छलफल भइसक्ने बताएकी छिन् । प्रतिपक्षहरूका कारण डुबान, बाढी र पहिरोसम्बन्धी विशेष प्रस्तावमा छलफल हुन नसकेको उनले बताइन् ।
‘तराईमा बाढीले सयौँ मान्छे मरेका छन् । हजारौँ व्यक्ति प्रभावित भएका छन्’, सांसद चौधरीले भनिन्, ‘कसको पालामा के भएको थियो सबैलाई थाहा छ ।’
उनले भनिन्, ‘कोशी मातृका, गण्डकी वीपी र टनकपुर जीपी कोइरालाको पालामा भारतसँग बेचिएको छ ।’
उनले तराईमा डुबान हुनुमा भारतका साथै जथाभावी डोजर चलाउने र चुरे दोहोन प्रमुख कारण भएको बताइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया