दाङ कांग्रेस र किसानका माग राष्ट्रिय सभाकाे बैठकमा उठ्यो

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दाङ जिल्लामा साउन महिनाको आधा समय जान लाग्दा समेत रासायनिक मल नपाएको भन्दै आपत्ति जनाएकी छिन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद देवकोटाले नेपाली कांग्रेस दाङले रासायनिक मल समयमा उपलब्ध गराउन माग गरेर स्थानीय प्रशासनलाई पटक–पटक दवाव दिँदा पनि कुनै सुनुवाइ नभएको बताइन् ।

उनले सरकारले कृषिमा उत्पादकत्व दोब्बर बढाउने भन्ने तर समयमा मलखाद दिन नसक्ने भनेर प्रश्न गरेकी छिन् ।

नेपाली कांग्रेस दाङले जिल्लामा रासायनिक मलको अभाव भएको भन्दै ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न दवावका कार्यक्रम गर्दै आएको छ ।

नेपाली कांग्रेसकी सांसद देवकोटाले दाङ जिल्लामा निर्माणधीन पुलहरू छिटो पूरा गर्न पनि माग गरेकी छिन् । साथै उनले बाढी र पहिलोबाट विस्थापितहरूको उद्धार गरेर उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

Published : Wednesday, 2019 July 24, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया