हेटौँडाको वीपी बाटिकामा कांग्रेसद्वारा वृक्षारोपण
हेटौंडा । वीपी कोइरालाको ३७औं स्मृति दिवसको अवसरमा वीपी विचार समाज मकवानपुरले हेटौंडामा वृक्षारोपण गरेको छ ।
समाजको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नं. ११ वीपी वाटिकामा वृक्षारोपण गरिएको हो ।
वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभापतित्वमा एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्य ‘डिना’को प्रमुख आतिथ्यतामा वीपी बाटिकामा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रममा विशिष्ठ अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, वीपी कोइराला स्मृति ट्रष्ट काठमाडौंका अध्यक्ष श्रीहर्ष कोइराला, ट्रष्टका महासचिव रामचन्द्र पोख्रेल, कार्यकारी निर्देशक राजेन्द्र पराजुलीलगायतले वीपीका बारेमा धारणा राखेका थिए ।
वृक्षारोपण कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदीप कोइराला, ३ नम्बर प्रदेशसभा सदस्य जीवन डंगोल, सल्लाहकार जिल्ला सदस्य अमृता थापा मगर, क्षेत्रीय सभापति तारानाथ चौलागाइँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि रमेशध्वज कार्की, उत्सव ईटेनी, हेटौंडा ११ का सभापति विष्णु रिमाल, अर्जुन बर्तौलालगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया