नेविसंघले शुरू गर्यो प्रशंसनीय काम, देउवा पनि खुसी
काठमाडौं । तराईका बाढी पीडितहरूका लागि नेपाल विद्यार्थी संघका राहत संकलन गर्ने निर्णय गरेको छ ।
राहत संकलन गरेर कसरी वितण गर्ने भन्ने विषयमा छलफल गर्न नेविसंघका नेताहरूले साउन ७ गते काठमाडौंमा वृहत भेलाको आयोजना गरेका छन् । भेला कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे हुनेछ ।
भेलामा सहभागी हुन र सुझाव तथा राहत उपलब्ध गराउन नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिएका छन् । उनले भने, ‘तराईका बाढी पीडितलाई नेविसंघको तर्फबाट सक्दो सहयोग गर्ने छौँ । राहत संकलन गरेर वितरण गरिनेछ । सबैको सल्लाह र सुझावअनुसार अगाडि बढ्ने छौँ ।’
शाहले राहत संकलन र वितरणको कार्य चुनौतीपूर्ण रहेको भन्दै यो अभियानमा सहभागी हुन नेपाली कांग्रेसका सबै शुभेच्छुकहरूलाई अपील गरेका छन् ।
तराईका बाढी पीडितलाई राहत संकलन गरेर वितण गर्ने बारेमा निर्णय गरेको जानकारी नेविसंघका नेताहरूले आइतबार बिहान बुढानिलकण्ठस्थित निवासमा सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराएको नेविसंघका दुजाङ शेर्पाले बताए ।
नेपाली कांग्रेसका सभापति देउवाले पनि नेविसंघका नेताहरूले बाढी पीडितका लागि राहत संकलन गर्न लागेकोमा विद्यार्थी नेताहरूलाई धन्यावाद दिएका छन् ।
नेविसंघका पूर्वउपाध्यक्ष शाहको नेतृत्वमा बुढानिलकण्ठ पुगेका नेविसंघका विद्यार्थी नेताहरूले राहत संकलनका लागि सभापति देउवासँग अनुमति लिएको छ ।
नेविसंघका नेता शाहले भने, ‘यो राहत संकलन अभियान नेपाल सांस्कृतिक संघसँग मिलेर गरिनेछ । संघका अध्यक्ष तीर्थ थापामार्फत् नेपाल सांस्कृतिक संघलाई विशेष अपील र धन्यावाद छ ।’
तराईका बाढी पीडितहरूले सरकारसँग अपेक्षा गरेअनुसार राहत नपाइरहेको भनेर गुनासो भइरहेका बेला नेविसंघले राहत संकलनको अभियान चलाउन लागेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया