कम्युनिस्ट सरकारविरुद्ध लहानमा भव्य प्रदर्शन
काठमाडौं । कम्युनिस्ट सरकारले समावेशी समानुपातिक आधारमा ४५ प्रतिशत आरक्षण व्यवस्थाको उल्लंघन गरेको भन्दै सिरहाको लहानमा प्रदर्शन भएको छ ।
लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरी परीक्षा लिएको विरोधमा शनिबार लहानमा प्रदर्शन भएको हो ।
आरक्षण बचाउ आन्दोलन संयोजन समिति सिरहाको आयोजनामा लहानको शहीद चोकमा गरिएको प्रदर्शनमा प्रहरीसँग करीब एक घण्टा घम्साघम्सी भएको छ ।
संयोजन समितिका संयोजक रामरिझन यादवको नेतृत्वमा भएको प्रदर्शनमा विभेदकारी विज्ञापन खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो ।
प्रदर्शनकारीहरूले ब्यानरसहित बजार परिक्रमा गर्ने गर्न खोजे पनि उनीहरूलाई घेरा हालेर बसेको प्रहरीले शहीद चोकबाट अगाडि बढ्न दिएन । त्यस क्रममा सामान्य घम्साघम्सी भएको थियो ।
महोत्तरीको जलेश्वरस्थित आयोगको प्रदेश कार्यालयअन्तर्गत स्थानीय तह चौथो र पाँचौँ तहका लागि शनिबार बिहान ८ र १२ बजे लहानका विभिन्न ५७ वटा केन्द्रमा परीक्षा संचालन भइरहेका बेला प्रदर्शन गरिएको छ ।
संयोजक यादवले संविधान विपरित आयोगले विभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनको प्रदर्शन गरिएको बताए ।
आयोगको विज्ञापन विभेदकारी हुनुका साथै असंवैधानिक र मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, पिछडा वर्ग, महिला तथा अपाङ्गता विरोधी भएकाले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको उनले बताए । उनले भने, ‘आयोगको गैरसंवैधानिक विज्ञापन खारेज नभएसम्म विरोध गरिरहन्छौँ ।’
परीक्षा बिथोल्न नदिन लहानको शहीद चोक, रघुनाथपुर, नयाँ बजार, ग्रामीण चोक, पुरानो बजार लगायतका ठाउँहरुमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया