मन्त्री यादवले आफ्नै स्वकीय सचिवको जागिर खाइदिए
काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्वकीय सचिव सन्तोष विष्टलाई आर्थिक चलखेल गरेको अभियोगमा हटाएका छन् ।
मन्त्री यादवले विष्टलाई मन्त्रालय र निवासमा छिर्न समेत रोक लगाएको स्रोतले जनाएको छ । विष्टले पद र शक्तिको दुरुपयोग गरेर आर्थिक लाभ लिने कार्य गरेको भन्दै उजुरी गरेपछि मन्त्री यादवले उनलाई हटाइएका हुन् ।
विष्ट कुनै बेला मातृका यादवले नेतृत्व गरेको नेकपा (माओवादी) नामक पार्टीको विद्यार्थी संगठनको अध्यक्ष भएर काम गरेका थिए । यादवको विश्वास पात्र भएकै कारण विष्टले धेरै अवसर पाएका थिए ।
विष्टलाई मन्त्री यादवका बारेमा धेरै जानकारी छ । मन्त्री यादवले स्वकीय सचिव विष्टसंगै अन्य २ जना सचिवालयमा कार्यरत पिएहरूलाई पनि हटाएका छन् ।
मन्त्री यादवले स्वकीय सचिवहरूले राम्रोसँग काम गर्न नसक्दा आफ्नो मन्त्रालयले कार्यसम्पादन गर्न नसकेको निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओली मन्त्री यादवको कार्यसम्पादनबाट सन्तुष्ट छैनन् । भरखरै विषादीयुक्त तरकारी तथा फलफूलका विषयमा भारतको पत्रलाई लिएर हँगामा भएको थियो । यो प्रकरणमा मन्त्री यादव दोषी रहेको सूचना प्रधानमन्त्री ओलीसम्म पुगेको छ ।
मन्त्री यादवले विष्टलाई हटाएर सो ठाउँमा देवशरण यादवलाई नियुक्त गरेका छन् । नवनियुक्त स्वकीय सचिव देवशरण यादवले मन्त्री यादवलाई पार्टी विभाजन भएका बेला सहयोग गरेका थिए । देवशरण यादव कानून व्यवसायी पनि हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया