‘हाम्रो नेविसंघ खोइ ?’भन्दै काठमाडौंमा खाली कुर्सीलाई सम्मान
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लामो समयसम्म नेतृत्व विहीन भएपछि नेविसंघका नेताहरूले ‘हाम्रो नेविसंघ नेतृत्व खोइ ?’ भन्ने अभियान चलाएका छन् ।
काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका नेविसंघका विद्यार्थीले शनिबार ‘हाम्रो नेविसंघ खोइ ?’ भन्दै खुल्ला छलफल चलाएका हुन् ।
उनीहरूले नेविसंघको नेतृत्व छिटोभन्दा छिटो तोकेर कार्यसमितिलाई पूर्णता दिन माग गरेका छन् ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य उज्वलराम घिमिरेले अध्यक्षको खाली कुर्सीमा माल्यार्पण गरेर विषय प्रवेश गराएका थिए ।
घिमिरेले नेविसंघलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु सरह रहेको बताए । उनले भने, ‘नेविसंघ विशुद्ध विद्यार्थीको संगठन हो । विद्यार्थी नेताहरूबाट नेतृत्व चयन भएमात्र नेविसंघको इतिहाँस कायम रहनेछ ।’
नेविसंघका विभिन्न जिल्लाका सभापति, विश्वविद्यालयका सभापति, स्ववियु सभापति, ईकाइ अध्यक्षहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।
हलमा खचाखच भरिएका नेविसंघका कार्यकर्ताहरूले कांग्रेसका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थले नेविसंघसहितका भ्रातृ संगठनहरू निस्क्रिय रहेको बताएका छन् ।
उनीहरूले नेविसंघको केन्द्रीय कार्यसमिति छिटो बनाउन कांग्रेस नेतृत्वसँग माग गरे ।
कार्यक्रमका बेला नेविसंघका विद्यार्थी नेता र कार्यकर्ताहरूले केही समय कांग्रेस नेतृत्वविरुद्ध नारावाजी समेत गरेका थिए ।
नेविसंघकी पूर्वकेन्द्रीय सदस्य कल्पना खड्काले ‘नेविसंघ खोई ?’ भन्ने छलफलको सृङ्खलालाई निरन्तर चलाइ राख्ने बताइन् । उनले नेविसंघ केन्द्रीय समिति नआएसम्म आफूहरू आन्तरिक रुपमा संघर्ष गरिहने बताइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया