बाँकेमा चारतारे झण्डासहित सडकमा आयो कांग्रेस, दमन नसहने

नेपालगञ्ज । कम्युनिस्ट सरकारले दुईतिहाइको दम्भका कारण देशभरि नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहीका कारण झुठ्ठा मुद्धा लगाएर फसाउन खोजेको आरोप नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले लगाइ रहेका बेला बाँके जिल्लामा पनि उस्तै प्रकृतिको घटना भएको छ ।

झुठा मुद्धा लगाएर आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालयम धर्ना दिएको दिएको छ । धर्नाका क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले दमन नसहने चेतावनी दिएका छन् । उनीहरूले आवश्यक प¥यो भने अझै कडा आन्दोलन गर्ने जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेको मूलगेटमा शुक्रबार चर्का नारासहित नेपाली कांग्रेस बाँकेका अगुवा कार्यकर्ताहरूले प्रहरी प्रशासन र कम्युनिस्ट सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा नेपाली कांग्रेस नेताका निर्दोष व्यक्तिलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेपछि न्यायको माग गर्दै बाँके कांग्रेसका नेता तथा कार्यकर्ताले चारतारे झण्डासहित प्रशासन कार्यालय घेराउ गराका हुन् ।

उक्त घटनाका पीडित व्यक्तिलाई प्रहरी प्रशासनले उल्टै हिरासतमा राखेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।

असार १२ गते डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी गणेशकुमार यादवको खेतमा माटो लिन गएको ट्याक्टरलाई सोही वडाका वडाध्यक्ष सगिर खाँले अवरोध गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो ।

कम्युनिस्टहरूको सत्ताको शक्तिको आडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि झुठ्ठा मुद्धा लगाएर फसाउने कार्य भइरहेका बेला बाँकेमा पनि उस्तै प्रकृतिको घटना भएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् ।

बाँके कांग्रेसका नेताहरूले झुठ्ठा मुद्धा लगाइएका व्यक्तिलाई विनासर्त छाड्न स्थानीय प्रशासनसँग माग गरेका छन् । मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी कांग्रेस नेताहरूको छ ।

Published : Friday, 2019 July 5, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया