जनताले ओलीको विकल्प खोज्न थालिसकेः रामचन्द्र पौडेल

भरतपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री खड्गप्रसाद ओलीको विकल्प खोजी रहेको बताएका छन् । उनले ओली हरेक क्षेत्रमा असफल भएको बताए ।

नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले जनताले सुःख, शान्ति र समृद्धिको महशुस गर्न नपाएको बताए । सोही कारण ओलीको विकल्पको खोजी भइरहेको उनले बताए ।

नेता पौडेलले नेपाली कांग्रेस विकल्पको लागि तयार हुनुपर्ने समेत बताएका छन् । कांग्रेससँग बहुमत नभएपनि कांग्रेसको एतिहासिक भूमिका, जनधारले कम्युनिष्टको दुईतिहाइले खासै असर नपार्ने उनले बताए ।

वर्तमान सरकारको नराम्रा कामको विरुद्धमा कांग्रेसले आवज उठाइरहेको भन्दै नेता पौडेलले सुशासनको पक्षमा पार्टी सधैव लडिरहने बताएका छन् ।

नेपाली कांग्रेसले जनताको अगाडि दरिलो भएर प्रस्तुत हुने समय आएको पौडेलको भनाई छ । कांग्रेसलाई अब ओरल्ली, मोरल्ली र पोल्टीकली हिसाबले खरो रुपमा उत्रनु पर्नेमा पौडेलले उल्लेख गरेका छन् ।

पार्टीलाई अन्तरिक रुपमा बलियो बनाउन छिटोभन्दा महाधिवेशनको घोषणा गर्नुपर्ने पौडेलले माग गरे ।

महाधिवेशनमार्फत पार्टीभित्र रहेका कमजोरी, असन्तुष्टिहरूलाई बाहिर ल्याएर समधान गर्नुपर्ने उनको भनाइ छ ।

Published : Friday, 2019 July 5, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया