जिल्लाहरूलाई कार्यक्रम सफल बनाउन तरुण दलको निर्देशन
काठमाडौं । नेपाल तरुण दलले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा हुने कार्यक्रमलाई सफल बनाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएका छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार परिपत्र जारी गरेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा गर्ने कार्यक्रमहरूलाई सहभागिता जनाइ सफल बनाउन निर्देशन दिएका हुन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको असार १८ गते ९६औँ जन्मजयन्ती परेको छ । नेपाली कांग्रेस र उसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले ०६२–६३ को दोस्रो जनआन्दोलनलाई नेतृत्व गरेका थिए । उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया