कम्युनिस्ट सरकारले संविधानले दिएको अधिकार उल्टाउँदै छः खाँण
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
६१ औं संसद दिवसको अवसर पारेर पूर्वसांसद मञ्च, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक खाँडले विधेयकको माध्यमबाट संविधानको प्रावधानलाई उल्ट्याउने काम सरकारले गरिरहेको बताए ।
उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढ्न म सबैलाई आग्रह गर्दछु’, उनले भने, ‘मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ ।’
कांग्रेस नेता खाँणले जनतालाई शान्तिपूर्ण ढंगले जिउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया