बालुवाटारमा पहिलो पटक ईद मिलन कार्यक्रम
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ईदुल फित्रको अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिनुका साथै विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले ईदुल फित्रको उपलक्ष्यमा ईद मिलन कार्यक्रमको आयोजना गरेका हुन् ।
मुस्लिम समुदायको संविधानमा स्थापित राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने गरी इतिहासमै पहिलो पटक प्रधानमन्त्री ओलीबाट ईद मिलन कार्यक्रमको आयोजना गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सो कार्यले मुस्लिम समुदायलाई थप हौसला मिलेको अध्यक्ष अन्सारीले बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीका साथै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राइन लगायतका मन्त्रीहरू, नेकपाका महासचिव विष्णु पौडेल, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, पूर्वमन्त्री, सांसद, विभिन्न देशका कुटनीतिक नियोग प्रमुखहरू र मुस्लिम नेता तथा अगुवाहरूको उपस्थिति रहेको थियो ।
यसैबीच, मुस्लिम आयोगका अध्यक्ष अन्सारीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा मस्लिमहरूका समस्या र शिक्षाका विषयमा कुराकानी भएको अन्सारीले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया