कांग्रेसका नेता मुसलमानको पहलमा अस्पताललाई १३ लाखको सहयोग

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानको पहलमा कपिलवस्तु जिल्लास्थित सामुदायिक अस्पताललाई १३ लाख बराबरको विभिन्न सामाग्रीहरू हस्तान्तरण गरिएको छ ।

सांसद मुसलमानले कतार च्यारिटी नेपालसँग सहकार्य गरेर अस्पताललाई सहयोग जुटाएका हुन् । अस्पतालमा विभिन्न सामाग्रीहरू अभाव भएको अस्पताल सञ्चालक समितिले जानकारी गराएपछि सांसद मुसलमानले सामाग्रीहरू जुटाउन पहल गरेका थिए ।

अस्पताललाई भिडियो एक्सरे, डेलिभरी बेड, ट्रली, ह्वील चेयरसहित १३ लाख ३४ हजार २ सय ५० रुपियाँ बराबरको सामाग्री अस्तान्तरण गरिएको कांग्रेस नेता मुसलमानले बताएका छन् ।

अस्पताललाई सहयोग सामाग्री जुटाइदिने कतार च्यारिटी नेपाललाई पनि सांसद मुसलमानले धन्यावाद दिएका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा कतार च्यारिटी नेपालका कार्यकारी प्रबन्धक इरसाद सेख, बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेशबहादुर क्षेत्री, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, वरिष्ठ उपाध्यक्ष रामप्रसाद गैरे, महासचिव पोमनारायण पौडेललगायतले अस्पताललाई निस्वार्थ भावनाबाट भएको सहयोगको प्रशंसा गरेका थिए ।

Published : Sunday, 2019 June 16, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया