माइतीघरमा प्रदर्शन गर्ने मान्छेहरू भाडाका हुन्ः गंगा चौधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयकको विरोध गरेकी छिन् ।

संसदको आइतबारको बैठकमा बोल्दै चौधरीले गुठी विधेयकको विरोधमा सडकमा आएका मान्छेहरू भाडाका भएको बताइन् । उनले भाडाका मान्छेले काठमाडौंको माइतीघर मण्डला घेराउ गर्ने गरेको बताइन् ।

‘मण्डला घेर्न आएका छन्’, उनले भनिन्, ‘ती भाडाका मान्छेको कुरा मानेर गुठी विधेयक फिर्ता लिने काम नगरियोस् ।’

सांसद चौधरीले स्वर्गद्वारी गुठीको जग्गा महन्तले किनेको भनेर झुठो प्रचार भइरहेको बताइन् ।

उनले भनिन्, ‘१०५० विघा किनेको हो भनेर वाहियात कुरा नगर्दा हुन्छ ।’

Published : Sunday, 2019 June 16, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया