कांग्रेसद्वारा काठमाडौंमा भव्य प्रदर्शन, गगनसहितका नेताहरू सहभागी (तस्वीर)
काठमाडौं । कम्युनिस्ट सरकारले धर्म, संस्कृति र संस्कार मास्ने गरेर ल्याएको गुठी विधेयकको विरोधमा नेपाली कांग्रेसले काठमाडौंमा भव्य प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका समितिले आइतबार अपरान्ह विरोध जुलुस र र्याली निकालेको हो । विरोध जुलुस वसन्तपुर परिक्रममा गरी इन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीले गुठी विधेयक खारेज गर, हाम्रो धर्म, संस्कार र संस्कृति प्राणभन्दा प्यारो छ, गुठियारको अधिकार खोस्न पाइँदैनलगायतका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।
विरोध जुलुस र र्यालीमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, सहमहामन्त्री डा.प्रकाश शरण महत, नेताहरू भीमसेनदाश प्रधान, गगन थापा, नवीन्द्रराज जोशी, राजन केसी, ध्यानगाेविन्द रन्जित, कल्याणी काेइराला, सबुज बानियाँसहितका नेताहरूको सहभागिता रहेको थियो ।
सयौँको संख्यामा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूले कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।











बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया