राज्य व्यवस्थाको निर्देशन खारेज गर्न मागसहित रिट दायर

काठमाडौं । लोक सेवा आयोगले निकालेको विज्ञान खारेज गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता राजाराम घिमिरेले आइतबार सर्वोच्च अदालतमा राज्य व्यवस्था समितिको निर्देशन खारेजीको माग गर्दै रिट दायर गरेका हुन् । घिमिरेको रिट निवेदनमाथि सोमबार सुनुवाई हुनेछ ।

राज्य व्यवस्था समितिले जेठ २७ गते नेपाल सरकारलाई लोक सेवा आयोगले निकालेको विज्ञान खारेज गर्न आदेश दिएको थियो ।

Published : Sunday, 2019 June 16, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया