प्रहरीका १९ जना डिआइजीहरूको सरुवा (नाम)

काठमाडौं । सरकारले मन्त्रिस्तरीय निर्णयबाट नेपाल प्रहरीका १९ जना डीआईजीको सरूवा गरेको छ ।

एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।

योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी आएका छन् ।

Published : Saturday, 2019 June 15, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया