कांग्रेसद्वारा गुठियारहरूसँग परामर्श, कम्युनिस्टहरूलाई अफ्ठ्यारो पर्ने
काठमाडौं । नेपाली कांग्रेसले गुठीसँग सम्बन्धित विज्ञ, गुठियार प्रतिनिधि तथा सरोकारवालाहरूसँग गुठीसँग सम्बन्धित विषयमा छलफल गरेको छ ।
नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिहंदरबारमा शनिबार भएको छलफलले सरकारद्वारा प्रस्तुत गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यता माथि प्रहार गरेको ठहर गरेको छ ।
‘यो विधेयक नेपालको संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल छ भन्ने बैठकको ठहर छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सरकारले प्रस्तुत गरेको गुठी सम्बन्धि विधेयकलाई तुरुन्त फिर्ता लिन नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’
‘गुठी विधेयक फिर्ता गराउन गुठीयारहरू र यससँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई नेपाली कांग्रेस संसदीय दल दृढ समर्थन गर्दै संसदमा अझ शसक्त दवाव श्रृजना गर्ने दृढता व्यक्त गर्दछ’, कांग्रेसले भनेको छ ।
कम्युनिस्ट सरकारले गुठी विधेयक ल्याएपछि देशभरि आन्दोलन चलाइरहेका बेला नेपाली कांग्रेसले गुठीका सरोकारवालाहरूसँग छलफल भएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया