पुलपुलिएका घिसिङलाई ठाउँमा ल्याए अमनलालले
काठमाडौं । सार्वजनिक लेखा समितिमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच आरोप प्रत्यारोप चलेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप घिसिङलाई लगाए ।
लगत्तै समिति बैठकमा जवाफ दिने क्रममा घिसिङ सांसद मोदीमाथि खनिए । ‘मैले भ्रष्टाचार गरेको प्रमाणित भए म झुण्डिएर मर्न तयार छु’, घिसिङले भने, ‘अनावश्यक चार्ज नगर्नुहोला ।’
कुलमानले सांसद मोदीकै निर्वाचन क्षेत्रको समस्या देखाइदिए । ‘तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करीब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं, एकातर्फ जनप्रतिनिधि भएर आफैं विकासका काम रोक्ने अर्कोतर्फ इमान्दारीका साथ रातदिन नभनी मुलकको लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टचार गर्यो भन्दै जथाभावी बोल्ने’, कुलमानले भने ।
कुलमानले भने, ‘सांसद भयो भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला । सबै कुरा छानबिन भएको छ । सम्बन्धित निकायले छानबिन गरेको छ ।’
सांसद मोदीले बैठकमा कुलमानमा दम्भ रहेको टिप्पणी गरे । लोडसेडिङ अन्त्यमा त्यतिबेलाको मन्त्री र अन्य टिमको काम भए पनि जस कुलमानले लिएको बताए ।
त्यतिखेरको मन्त्री टिमका कारण लोडसेडिङ अन्त्य भयो तर त्यो जस कुलमान घिसिङले लिए ।
कुलमानविरुद्ध आक्रोशित भएका मोदीले ‘२५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार गरिएको’ बताए ।
‘आफ्ना विद्युत्गृहबाट विद्युत उत्पादन नगरी कमिसनको खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ’, मोदीले आरोप लगाए ।
नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरीमा सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भइसकेको छ ।
सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत