प्रचण्डका व्यापारिक साझेदार सुमार्गीको होस उड्यो

काठमाडौं । आन्तरिक राजश्व विभागले विवादास्पद व्यापारी अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर तिर्न ताकेता गरेको छ ।

०६८–६९ सालमा सुमार्गीको साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा प्राप्त पूँजीतगत लाभको कर र ब्याज जरिबानासहित तिर्न कार्यालयले ताकेता गरेको हो ।

विवादास्पद व्यापारी सुमार्गीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का व्यापारिक साझेदारको आरोप लाग्दै आएको छ । यो आरोपको पुष्टि नभएपनि समाचार आउने गरेको छ ।

यसअघि गत वैशाख ११ गते विभागले सुमार्गीको कम्पनीको नाममा पत्र पठाएको थियो । पत्रमा पन्ध्र दिनभित्र कर तिर्न र तिर्न नपर्ने कुनै ठोस सबुतप्रमाण भए जानकरी दिन भनेको थियो ।

सुमार्गीको कम्पनीले पत्र बुझेपनि कर नतिरेपछि विभागले पुनः ताकेता गरेको छ । विवादास्पद व्यापारी सुमार्गीले चासो नदेखाएपछि विभागले लगत्तै वैशाख ३१ गते सुमार्गकी कम्पनी नेपाल स्याटेलाइटको कर निर्धारण गरिदिएको थियो ।

कर निर्धारण गरिएको पत्र पठाएकोमा बुझ्न अस्वीकार गरेको थियो । विभागले नेपाल स्याटेलाइनले पत्र नबुझेपछि हुलाक र इमेल मार्फत् समेत पत्र पठाएको जनाएको छ ।

विभागले जेठ ३ गते सार्वजनिक सूचना जारी पत्रा पठाइएको व्योहोरा सुमार्गीको कम्पनीलाई जानकारी गराएको छ ।

Published : Monday, 2019 May 20, 11:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया