कांग्रेसको अपमान गर्ने डा.बाबुरामलाई म्युजियममा राख्न रामहरि र धनराजको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्नै पार्टीको ठेगान नभएका नेता डा.बाबुराम भट्टराईले कांग्रेसविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिको आलोचना गरेका छन् ।
शनिबार बिहान रिपब्लिका दैनिकसँग कुरा गर्दै युवा नेता खतिवडाले अस्थिर नेता डा.भट्टराईले कांग्रेसलाई म्युजियममा राख्ने भनेर दिएको अभिव्यक्तिले डा.बाबुराम भट्टराईलाई नै गिज्याएको बताए । खतिवडाले डा.भट्टराईको प्रवृत्ति देशकै नमूना भएको पनि बताए ।
‘उहाँलाई गोरखाबाट नेपाली कांग्रेसले जिताइदिएको हो’, खतिवडाले भने, ‘आफ्नो हैसियत र बलबुताले निर्वाचन जित्न नसक्ने नेपाली कांग्रेसका कार्यकर्ताले जिताइदिनुपर्ने । त्यस्ता नेताले कांग्रेसको गुन भुलेर नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्नु सहाएन ।’
कांग्रेसका युवा नेता खतिवडाले डा.भट्टराईलाई अस्थिर नेताको संज्ञा दिए । ‘सत्र हजार मान्छे मारेर आफैले बनाएको माओवादी पार्टीमा बस्न सक्नु भएन’, उनले भने, ‘आफैले फेरि नयाँ शक्ति पार्टी बनाउनु भयो । त्यो पार्टी पनि गायब बनाउनुभयो । यस्ता अस्थिर व्यक्ति र नेताले कांग्रेसलाई म्युजिमयममा राख्ने सल्लाह दिने कुरा ठीक छैन ।’
खतिवडाले पार्टी फेर्दै हिँड्ने यस्ता नमूना नेतालाई नै म्युजियममा राख्नुपर्ने सुझाव दिए । ‘सबैभन्दा उचित भनेको डा.बाबुराम भट्टराईजीलाई नै म्युजियममा राखौँ’, उनले भने, ‘कांग्रेस होइन । डा.बाबुराम भट्टराई नै त्यसका लागि उचित पात्र हो ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता धनराज गुरुङले डा.बाबुराम भट्टराईलाई म्युजियममा राख्नुपर्ने सुझाव दिएका छन् ।
‘एकजना पार्टी फेर्दै हिंड्ने श्रद्धेय नेताले ‘नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ’ भनेका रहेछन् । तर, पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको बहस चलाउनु पर्छ, नकि गालीगलौजको ।’
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा पार्टी मिसाएर समाजवादी पार्टी नेपाल बनाएका डा.भट्टराईले शुक्राबर पोखरामा आयोजित पार्टीको कार्यक्रममा नेपाली कांग्रेसलाई म्युजियममा राख्न सुझाव दिएका थिए ।
डा.भट्टराईको यो भनाइको नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले विरोध गरेका छन् । आफ्ना सबै राजनीतिक सिद्धान्तहरू छाडेर उपेन्द्र यादवको पार्टीमा बिलय भएका डा.भट्टराईलाई कांग्रेसका नेताहरूले पिँध नभएको नेताका रुपमा ब्याख्या गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत