कम्युनिस्ट सरकारविरुद्ध सडकमा ओर्लिए पत्रकारहरू, दवावमा ओली

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पत्रकार र सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्ने गरी तयार पारिएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा देशभरिका पत्रकारहरू विरोध स्वरुप सडकमा उत्रिएका छन् ।

शुक्रबार पत्रकारहरूले आफ्नो कमल, नोट बुक, क्यामरासहितका सामाग्री सडकमा राखेर विरोधमा उत्रिएका हुन् ।

उनीहरूले विधेयकमा राखिएका प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै विरोधमा शुक्रबार देशभरि सडकमा उत्रिएका हुन् । काठमाडौंमा संसद भवन नजिकै पत्रकारहरूले प्रदर्शन र धर्ना दिएका छन् ।

कम्युनिस्ट सरकारको ज्यादतीलाई रोक्नुपर्ने पत्रकारहरूको माग छ । संसदमा दर्ता गरिएको विधेयकका विवादित बुँदाहरू खारेज गर्न माग गरिएको छ ।

पत्रकारहरू शुक्रबारदेखि सडकमा उत्रिएपछि प्रधानमन्त्री ओली दवावमा परेका छन् । ओलीलाई विधेयक फिर्ता लिन आफ्नै दल निकटका पत्रकारहरूले पनि दवाव दिँदै आएका छन् ।

सत्तारुढ नेकपा निकटका पत्रकारहरूले विधेयकको विरोध खुला रुपमा गरेका छैनन् । तर, नेपाली कांग्रेस निकट र स्वतन्त्रता प्रेमी पत्रकारहरूले विधेयकको विरोध गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले विधेयकको बचाउ गर्दै आएका छन् । उनले हचुवाको भरमा विधेयक नल्याइएको भन्दै फिर्ता नगर्ने संकेत गरेका छन् ।

कम्युनिस्टहरूले देशमा अधिनायकवाद ल्याउन मिडियो काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता गराएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

Published : Friday, 2019 May 17, 11:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया