दार्चुलाका दुर्गम गाउँहरूमा कांग्रेस तिखार्दै युवा नेता राजु खनाल

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले ‘हिमाल, पहाड तराई मधेस राष्ट्रिय जागरण अभियानलाई व्यास गाउँपालिकामा पुर्‍याएको छ ।

व्यास गाउँपालिकाको सुसेरामा आइतबार भव्य कार्यक्रम भएको छ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनाललको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम भएको हो ।

युवा नेता खनाललाई कांग्रेस मुख्यालय सानेपाले केन्द्रीय प्रतिनिधिका रुपमा दार्चुला जिल्लामा खटाएको छ ।

दार्चुला कांग्रेसका जिल्ला सभापति ललितसिंह बोहराले अभियानका लागि कार्यक्रमहरू बनाएका छन् । बोहराले नै कांग्रेसका नेता खनाललाई गाउँका कार्यकर्ताको घरसम्म पुर्‍याएका छन् ।

अभियानका क्रममा आयोजित कार्यक्रमहरूका युवा नेता एवम् पूर्वसांसद खनालले पार्टीको नीति, सरकारको कामकारबाही, भावी योजना, संगठन सुदृढीकरण लगायतका विषयमा जानकारी गराउँदै आएका छन् ।

वैशाख २५ गतेदेखि शुरू भएको जागरण अभियान दार्चुला जिल्लामा विशेष महत्वका साथ चलिरहेको छ ।

आइतबार आयोजित कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्ट, व्यास नगरपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकी, जिल्ला सदस्य सन्तोष एतवाल, पूर्व जिल्ला सदस्य करणसिंह धामी, जिल्ला सदस्य केशवबहादुर सिंह, व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी, नेविसंघका जिल्ला अध्यक्ष रमेश भट्ट, महासमिति सदस्य मानसिंह बुढाथोकी, महाधिवेशन प्रतिनिधि उमेश खत्री, व्यास गाउँपालिका कांग्रेसका अध्यक्ष नरेन्द्र भट्टसहितका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

Published : Monday, 2019 May 13, 6:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया