ओलीका कारण देशको बेइज्जत भयोः रामहरि खतिवडा
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना अभिव्यक्ति जथाभावी रुपमा दिन थालेपछि नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले मुखमा लगाम लगाउन चेतावनी दिएका छन् ।
पूर्वसांसद समेत रहेका युवा नेता खतिवडाले ट्वीट गर्दै ओलीको कारण देशको बेइज्जत भएको बताएका छन् । उनले ओलीलाई ओलीको हरेक अभिव्यक्तिले नेपाली जनताको अपमान भएको बताएका छन् ।
‘हे ईश्वर यदि तिमी संसारमा छौँ भने नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीको जिब्रोमा ब्रेक लगाइ देउ’, ट्वीट गर्दै खतिवडाले भनेका छन्, ‘नत्र देशको बेइज्जत भयो ।’
कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘अब नेपालमा कोही रोगी भेटिन्न रे ! हरे के भनेको ? आफ्नो अनुहार ऐनामा हेर्दा के देखिएला ? सबै नेता रोगी छन् । उपचार विदेशमा गर्ने भनेको हो कि ?’ ओलीको भनाइले दोहोरो अर्थ लागेको उनको भनाइ थियो ।
ठूला नेताहरूले राज्यको ढुकुटी खर्च गरेर विदेशमा गइ उपचार गराउँदै आएका छन् । ओलीले पनि सरकारी पैसामा उपचार गराउँदै आएका छन् ।
झण्डै दुई तिहाइको बहुमतसँगै प्रधानमन्त्री ओलीले सत्ताको नेतृत्व सम्हालेसँगै जथाभावी बोल्दै आएको आरोप नेपाली कांग्रेसले लगाउँदै आएको छ । कांग्रेसले कुरामा भन्दा पनि व्यहारमा काम गरेर देखाउन कम्युनिस्ट सरकार र प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै आएको छ ।
कांग्रेसले कम्युनिस्ट सरकारका डेढ वर्षको समय बेकार खेर गएको आरोप लगाएको छ ।
हे ईश्वर यदि तिमि संसारमा छौँभने नेपालका प्रधानमन्त्री के.पि .ओलिको जिब्रोमा ब्रेक लगाइ देउ, नत्र देशको बेइज्जत भयो । अब नेपालमा कोही रोगी भेटिन्न रे, हरे के भनेको? आफ्नो अनुहार ऐनामा हेर्दा के देखिएला ? सबै नेता रोगी छन ,उपचार बिदेशमा गर्ने भनेको हो कि?
— Ramhari Khatiwada (@RamhariKhatiwa) April 28, 2019
जनताको इच्छा र आकंक्षा अनुसार कम्युनिस्ट सरकारले काम गर्न नसकेपछि नेपाली कांग्रेसले काम गर्न दवाव दिन थालेको छ । निर्वाचनमा कम्युनिस्टहरूले घोषणा पत्रमा राखेका कुरा र आश्वासनहरू पूरा गर्न दवाव दिँदै आएको छ ।
कांग्रेसको दवावपछि वृद्ध भत्ता बढाउन कम्युनिस्ट सरकार बाध्य भएको छ । जेठ दोस्रो साता आउन लागेको बजेटमा वृद्ध भत्ता बढाउने तयारी कम्युनिस्ट सरकारले गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत