विमानको ढोका नखुल्दा आधा घण्टा थुनिए यात्रु

धनगढी । धनगढी विमानस्थलमा अवतरण भएको श्री एयरलाईन्सको जहाजको ढोका नखुलेपछि यात्रुहरूलाई आकस्मिक द्वारबाट उतारिएको छ ।

सोमबार दिउँसो साढे ४ बजे धनगढी बिमानस्थलमा अवतरण भएको श्री एयरलाइन्सको जहाजको ढोका नखुलेपछि यात्रुहरूलाई झण्डै आधा घण्टा पछि आकस्मिक द्धारबाट उतारिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर थापाले बताएका छन् ।

उनीहरूलाई झण्डै साँझ पाँच बजे मात्र आपतकालीन द्धारबाट बाहिर निकालिएको थियो ।

केही प्राविधिक समस्याका कारण जहाजको ढोका नखुलेको बताइएको छ ।

Published : Monday, 2019 April 29, 8:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया