कम्युनिस्टका नाममा ओली–प्रचण्डको काण्डै काण्डः सरिता प्रसाइँ

संखुवासभा । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाइँले दुई तिहाइको कम्युनिस्ट सरकारले बालुवाटारको सरकारी जग्गा आफ्ना नेताको नाममा बनाउनेभन्दा कुनै पनि गतिलो काम गर्न नसकेको बताएकी छिन् ।

राष्ट्रिय सभाको सचेतक समेत रहेकी नेत प्रसाइँले संखुवासभामा नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै बालुवाटारको सरकारी जग्गा किन्नेलाई दुई तिहाइको सरकारले संरक्षण गरेर राखेको बताइन् । उनले दोषीलाई कारबाहीको माग पनि गरेकी छिन् ।

कांग्रेसले वर्तमान सरकारको काम गर्न प्रयाप्त सहयोग गरेको भन्दै नेतृ प्रसाइँले कांग्रेसले अबका दिनमा दुई तिहाइको सरकारलाई छुट नदिने बताइन् ।

‘कांग्रेस चुपचाप लागेर एक वर्षसम्म बस्यो । सरकारलाई काम गर्न समय दियो’, उनले भनिन्, ‘तर कम्युनिस्ट सरकारले काण्डमा काण्ड गर्दै गयो । शान्ति सुरक्षा दिन सकेन, होली वाइन काण्ड, गरिवको पार्टी भन्ने कम्युनिस्टका नेताहरू सरकारी जग्गा कब्जा गर्न लागे । यस्तो बेथिति भएपछि कांग्रेस चुप लागेर बस्ने कुरा आउँदैन ।’

सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा किन्दा थाहा पाइन भनेर जनतालाई झुठ बोलेको उनले बताइन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको उल्लंघन गरेर क्रिश्चियन धर्मको प्रचार गरेको कांग्रेस नेतृ प्रसाइँले बताएन् । ‘संविधानले धर्म निरपेक्ष भनेको छ । प्रधानमन्त्री ओली होली वाइन खाएर तीन दिन सोल्टी होटेलमा बसेर क्रिश्चियन धर्मको प्रचार गर्न मिल्छ ?’, उनले भनिन्, ‘सबैलाई यो सरकारका कारण समस्या भएको छ । दुई तिहाइको सरकारको काम छैन ।’

कांग्रेस नेतृ प्रसाइँले विप्लव नेतृत्वको नेकपालाई ओली र प्रचण्डले प्रतिबन्ध लगाएर ठूलो भुल गरेको बताइन् । ‘हिंसा गर्नेलाई प्रतिबन्द लगाउनै पर्छ’, उनले भनिन्, ‘शान्तिपूर्ण रुपमा राजनीतिक मुद्धा राख्नेलाई प्रतिबन्ध लगाउनु हुँदैन ।’

ओली र प्रचण्डले कम्युनिस्टका नाममा सिंहदरबारभित्र बसेर काण्डै काण्ड गरेको नेतृ प्रसाइँले बताइन् ।

Published : Sunday, 2019 April 28, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया