विद्यासुन्दर ट्वाँ पर्दै खुलामञ्चबाट बेपत्ता, उपमेयरले झण्डै भेटिन् दनक
काठमाडौं । खुलामञ्च कब्जा गरेर बनाइएका संरचना सटरहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले डोजर लगाएर हटाइदिएको छ ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले माथिको आदेशभन्दै खुलामञ्चमा कब्जा गरेर बनाइएका टहर भत्काइदिएका हुन् ।
जस्तापाताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्य आफै मैदानमा उत्रिएका थिए ।
प्रमुख जिल्ला अधिकारी आचार्यले सटरहरू भत्काएपछि मात्रै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आएका थिए । आफ्नो विरोध हुने देखेपछि कार्यक्रम छ भन्दै खुलामञ्चबाट बाहिरिएका थिए ।
मेयर शाक्य गएको केही समयपछि उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ टहरा भइएको ठाउँमा आएकी थिएन् । टहरा भत्काएको आक्रोशमा पसल सञ्चालकहरूले उपमेयर खड्गीलाई आक्रमणको प्रयास गरेका थिए । सुरक्षाकर्मीहरूले उनलाई सुरक्षित स्थानतर्फ पठाएका थिए ।
मेयर शाक्यले शुक्रबार मात्र उपमेयर खड्गीलाई खुलामञ्चबारे अनुगमन गरेर रिपोर्ट पेश गर्न पत्र दिएका थिए ।
उपमेयर खड्गी खुलामञ्च अतिक्रमण भएका बारेमा आइतबार छलफल राखेको बताइन् । छलफल गर्नु अगाडि नै कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्देशनमा डोजर लगाएर टहरा र सटर भत्काइएको छ ।
टहरा र सटर भत्काउन काठमाडौंका मेयर शाक्यले आदेश नदिएको उपमेयर शाक्यले बताइन् । ‘माथिबाट आदेश आएपछि डोजर चलाएको जानकारीमा आएको छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको आदेशमा टहरा र सटर भत्काइएको छ ।’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यले पनि माथिको आदेशमा महानगरसँग मिलेर सटर र टहराहरू भत्काइएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत