चीनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो मर्यादा बचाउन सकेनन्

काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो मर्यादा भुलेका छन् ।

राष्ट्रपति भण्डारी र चिनियाँ अधिकारहरूसँग सामूहिक तस्वीर खिच्ने क्रममा नेपालका पराष्ट्रमन्त्री सुटमा देखिएका छन् ।

औपचारिक पोसक लगाएका ज्ञवालीले जुत्ता भने स्पोर्ट लगाएका छन् । आकासे रंगको जुत्ता लगाएका परराष्ट्र ज्ञवालीले आफ्नो ओहदाको समेत ख्याल नगरेर स्पोर्ट जुत्ता लगाउनुलाई धेरैले आलोचना गरेका छन् ।

मन्त्री ज्ञवालीको सामाजिक सञ्जालमा ठूलो आलोचना भएको छ ।

‘कुटनीतिक मर्यादासमेत चाल नपाउने, सुटमा स्पोर्टस सुज लगाउने अनि राष्ट्रपतिकै मान मर्दन गर्ने परराष्ट्रमन्त्री भएको देशमा मनोज भेटवालले खुलामञ्च किन कब्जा नगरोस्’, भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

राष्ट्रपति ३भण्डारी चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ आयोजना गरेको रात्रिभोजमा सहभागी भएकी छन् ।

‘बिआरआई’ मा संलग्न मुलुकका प्रमुख संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नेपालको अन्नपूर्ण, माछापुच्छे तथा पोखरा उपत्यका देखाइएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए । रात्रिभोजमा ठूलो संख्यामा विदेशी अतिथिको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सचिव वैरागीको उपस्थिति थियो ।

सो अवसरमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सामूहिक तस्बीर खिचिएको थियो ।

Published : Saturday, 2019 April 27, 11:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया