यी हुन् बालविवाह गराउने मन्त्री, जेल जाने खतरा

आलोक यादव

लहान । बालविवाह अपराध हो । विवाह गराउँने पक्ष पनि सोही किसिमको अपराधको भागिदार हुन्छ ।

समाजमा अपराध न्यूनीकरण गर्न सरकारले करोडौँ खर्च गर्दै आएको छ । तर, प्रदेश २ को सरकारका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च दिएर १४ वर्षीया बालिकालाई तड्कभड्का साथ विवाह गराइदिएका छन् ।

कानूनको पालना गराउने राज्यमन्त्री मण्डलले २०६२ वैशाख १० गते जन्मिएकी कल्याणपुर ३ पर्साहीकी राधा मल्लिकलाई २०७६ वैशाख ११ गते लाखौँ खर्च गरेर विवाह गराइदिएका छन् ।

राज्यमन्त्री मण्डलले कन्यादान समेत गरेर शिक्षाबाट मल्लिकलाई बञ्चित गराएका छन् । राधा स्थानीय पर्साही माविमा कक्षा २ मा पढ्दै गर्दा २०७२ मा विद्यालय जान छाडेकी थिइन् ।

राज्यमन्त्री मण्डलले कुशे डोमका छोरी राधालाई शिक्षाको लागि लगानी नदिएर कलिलै उमेरमा विवाह गराएर कानूनी राज्यलाई धज्जी उडाएका छन् ।

राज्यमन्त्री मण्डलले बिहे भएको राति शिक्षाबाट बञ्चित पारिएकी राधालाई अर्शीवाद दिएर बिहान बिदाइ गरेका छन् । राज्यमन्त्री मण्डलले शिक्षामा जोड नदिई कलिलो उमेर विवाह गराएर दलित समाजलाई जिस्कियाइएको मानव अधिकारकर्मी राजकुमार राउतको आरोप छ ।

गाउँघरमा अहिले पनि डोम समुदाययसँग छुवाछुत कायमै रहेको छ । यस्तो कार्य राम्रो होइन मानव भएर छुवाछुत गर्नु पर्दैन राम्रो काम पनि होइन ।

‘कतिले छुवाछुत गरिरहेका छन् । यस्ता कार्य हटाउनका लागि मेरो प्रयास हरदम रहनेछ’, राज्यमन्त्री मण्डलले भनेका छन्, ‘म यो बालविवाहमा सक्दो सहयोग गर्न पाउँदा खुशी छु ।’

जिल्ला प्रशासन कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बालविवाह अपराध भएको बताएका छन् ।

‘मिडियामा आएको घटनावारे हामी अनुसन्धानमा लागेका छौँ । उजुरी आए तीब्र अनुसन्धानमा लाग्ने छौँ’, एसपी श्रेष्ठले भनेका छन्, ‘कानून सबैको लागि बराबर हो ।’

राज्यमन्त्री मण्डलले दहेजको समेत प्रोत्साहन गरी सुन दान, भोजभतेर गरी तडकभडकका साथ सो विवाह गराएका थिए ।

Published : Friday, 2019 April 26, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया