बाबुरामले खोले ‘ओली–प्रचण्ड’को भित्री कुरा

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ कम्युनिस्टका नाममा सुविधा भोगी नेता बनेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले ओली र प्रचण्ड कम्युनिस्ट नेता नभएको दाबी गरे । ‘ओलीजी र प्रचण्डजी कम्युनिस्ट होइन कमाउनिस्ट हो’, उनले भने, ‘कम्युनिस्ट पार्टीको नेताको नाममा ओली–प्रचण्ड सुविधान भोगी हुनु भएको छ ।’

प्रधानमन्त्री ओली असफल भइसकेको डा.भट्टराईले बताए । ‘ओलीजीले शासन सत्ता चलाउन सक्नु भएन । सबै अधिकार केन्द्रित गरेर सफल हुन्छु भन्ने जुन मान्यता राख्नु भएको थियो त्यो गलत छ’, उनले भने, ‘भ्रष्टाचार बढेको छ । अराजकता भएको छ ।’

जनताले दिएको दुई तिहाइको बहुमतको ओलीले दुरुपयोग गरेको डा.भट्टराईले आरोप लगाए ।

ओली र प्रचण्डका कारण अर्को चुनावमा नेकपालाई जनताले दण्ड दिने डा.भट्टराईले चेतावनी दिएका छन् । ‘यो सरकारबाट कुनै पनि काम भएन । विकास पनि भएन’, उनले भने, ‘अर्को निर्वाचनमा ओली–प्रचण्डलाई जनताले दण्डन दिन्छन् ।’

Published : Friday, 2019 April 26, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया