सरकारी जग्गा किन्नेहरूलाई बालुवाटारबाट संरक्षणः दीपक गिरी
नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले नेपाली कांग्रेस नवलपुर जिल्लाका कार्यसमितिका पदाधिकारी, सदस्य र अगुवा कार्यकर्ताहरूसँग अनौपचारिक परामर्श गरेका छन् ।
नेपाली कांग्रेसको जनजागरण अभियानअन्तर्गत मंगलबार नवलपुर आएका नेता गिरीले बुधबार पार्टीका जिल्ला नेताहरूसँग अनौपचारिक कुराकानी गरेका हुन् । अनौपचारिक परामर्शका क्रममा केन्द्रीय सदस्य गिरीले देशमा कम्युनिस्ट अधिनायकवादले जरो गाड्न थालेको भन्दै चिन्ता जनाए ।
नेपाली कांग्रेस नवलपुरका सभापति एवम् प्रदेश सांसद विष्णु लामिछानेका अनुसार केन्द्रीय सदस्य गिरीले जनताले दिएको दुई तिहाइको म्याण्डेटलाई कम्युनिस्टहरूले दुरुपयोग गरिरहेको बताएका छन् ।
‘कम्युनिस्टहरूलाई जनताले पत्याए । दुई तिहाइ जनमत पनि दिए । देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भन्ने मतदाताहरूको सोँच थियो’, नेता गिरीले भने, ‘कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनताको आकंक्षा पूरा गर्नेभन्दा पनि सबै शक्तिहरू आफूमा केन्द्रिकृत गरेर अधिनायकवादको शुरुवात गर्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले कुनै पनि काम ठीकसँग गर्न नसकेको उनले आरोप लगाए ।
‘हरेक ठाउँमा भ्रष्टाचार छ । अनियमितता छ’, गिरीले भने, ‘शान्ति सुरक्षा छैन । निर्मला पन्तका हत्यारा पक्राउ पर्न सकेका छैनन् । सरकारी जग्गा आफ्नो नाममा बनाउनेहरूलाई बालुवाटारमा संरक्षण छ । बिना रोकतोक प्रधानमन्त्रीको सरकारी निवासमा अनुमित दिइन्छ ।’
नेता गिरीले वर्तमान कम्युनिस्ट सरकारबाट जनताहरू आजित भएको भन्दै विकल्पको खोजी गर्न शुरु गरिसकेको बताए ।
नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको मंगलबार निधन भएपछि कांग्रेसले बुधबारदेखि देशभरि एक साथ सञ्चालन गर्न लागेको जनजागरण अभियानलाई स्थगित गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत