एघार मिनटको फरकमा दुई भूकम्प, केन्द्र पत्ता लाग्यो
काठमाडौं । काठमाडौंमा धक्का दिने गरेर बुधबार बिहान दुई वटा भूकम्प गएको छ ।
बुधबार बिहान करीव साढे छ बजे र त्योभन्दा अगाडि गरेर दुई पटक भूकम्प गएको हो । भूकम्पले धादिङको नौबीसेतिर केन्द्र बिन्दू बनाएको छ ।
पहिलो भूकम्प ५ दशमलव २ म्याग्नेच्युट रहेको भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रकाअनुसार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।
चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।
भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।
भूकम्पको धक्कापछि काठमाडौं उपत्यकामा भागाभाग भएको थियो । सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत