मन्त्री खनालको गाडीले हान्यो डाक्टरको गाडी
काठमाडौं । कम्युनिस्ट सरकारका कृषिमन्त्री चक्रपाणि खनालको झण्डावाल गाडीले सर्वसाधारणको गाडीलाई ठक्कर दिएको छ । गाडीमा मन्त्री खनाल भने थिएनन् ।
मंगलबार दिउँसो करीव साढे १ बजे पोखराको मणिपाल अस्पतालमा कार्यरत डा. संहिष्णुता बस्नेतको गाडीलाई मन्त्री खनालको गाडीले पुल्चोकको आकाशे पुलमुनि ठक्कर दिएको हो । ठक्करबाट गाडी कुच्चिएको छ ।
डा. बस्नेत जावलाखेलबाट मारूती सुजुकीको अल्टो गाडीमा आफ्नो आमा र छोरालाई लिएर बानेश्वर जादै थिइन् । सोही बेला मन्त्री खनालको गाडीले डा.बस्नेतको गाडीलाई ठक्कर दिएको थियो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालको गाडी चालक हरिराम भुजेलले बस्नेतको गाडीलाई ठक्कर दिएका हुन् ।
गल्ती गरेपछि माफी माग्नु त का हो कहाँ, उल्टो मन्त्रीका ड्राइभरले डा.बस्नेतलाई थर्काउन खोजेका थिए । चालकले महिला देखेर हेप्न खोजेको उनले आरोप लगाइन् । मन्त्री खनालका चालकले पावर देखाएर डा. बस्नेतलाई थर्काउन खोजेका थिए ।
करीव ४५ मिनेटपछि महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रमुख माधव केसीले गाडी बनाउने सहमतिमा मन्त्रीको गाडी छोडिदिएका छन् ।
प्रभाग प्रमुख केसीले घटनाको विस्तृत विवरण प्रवक्ताले मात्र दिन मिल्ने बताए ।
प्रहरीले चालकको लाइसेन्स लिएको र दुई पक्षको सम्झौतापछि चिट काट्ने जनाएको छ ।
घटनाबारे थाहा नभएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता नारायण चिमोरियाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत