माधव नेपालले कार्यक्रम छाडे, ओली–दाहाललाई तनाब

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कमलादीको कार्यक्रम छाडेर हिँडेका छन् ।

७७ जिल्ला नेतृत्वको सूची बाहिरिनासाथ नेता नेपाल कार्यक्रमै छोडेर निस्किएका हुन् ।

सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएको प्रत्यक्षदर्शीले बताए । पछि नेता नेपाल कार्यक्रममा फर्किए कि फर्किएनन् कार्यक्रममा जानकारी दिइएन ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए ।

लिस्ट बाहिरिनासाथ नेता नेपाल निस्किनुलाई सबैले चासोपूर्ण रुपमा लिएका छन् ।

जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

मञ्चमा अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल मात्रै देखिएका थिए ।

Published : Monday, 2019 April 22, 3:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया