सरकारी जग्गा किने विष्णु पौडेलबारे देउवाको पहिलो टिप्पणी

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले किनेको भनिएको बालुवाटारको जग्गा सुवर्ण शम्शेरको रहेको बताएका छन् ।

झापा जिल्लाको चन्द्रगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा देउवाले सुवर्णकी श्रीमती ललिताको नामको सरकारले अधिग्रहण गरेको जग्गा यदि कसैले पाउने भए सुवर्ण शम्शेरका नातिले पाउनुपर्ने बताए ।

सभापति देउवाले अहिलेको सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् ।

‘सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको छ’, उनले भने, ‘सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास तथा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र देखाएको छ ।’

देउवाले कांग्रेस कमजोर नभएको दाबी गरेका छन् । कांग्रेसको भूमिका कमजोर भएको भन्ने टिप्पणीप्रति उनले भने, ‘चुनावमा भोट अरुलाई दिने अहिले आएर कांग्रेस कमजोर भयो भन्ने ?’

पार्टीका स्थानीय तहका समितिहरू सहमतिका आधारमा गठन गर्न आफू प्रयासरत रहेको उनको भनाई छ ।

उनले यसका लागि आन्तरिक छलफल भइरहेको जानकारी दिएका छन् ।

उनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएको दाबी गरे । पत्रकारको प्रश्नमा सभापति देउवाले भोट नदिने अनि, कांग्रेस कमजोर प्रतिपक्षी भयो भनेर आलोचना गर्नुको तुक नरहेको भन्दै कटाक्ष गरे ।

‘भोटको बेलामा कांग्रेसलाई भोट नदिने । अनि, अहिले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर भयो भनेर आलोचना गर्ने ?’, उनको प्रश्न थियो ।

देउवाले पार्टी विधानअनुसार बाँकी रहेका समितिहरू सबैको सहमतिमै गठन गर्ने बताए । उनले संघीय संरचनाअनुसार गठन गर्न बाँकी प्रदेशलगायत समितिहरु पार्टी्भित्रका सबै पक्षको सहमतिमै गठन गरेर अघि बढ्ने विश्वास दिलाए ।

तर, पार्टी विधानअनुसार गठन गर्न बाँकी सबै समितिहरु आगामी महाधिवेशन अगावै गर्ने कि अहिलेकै अवस्थामा अघि बढ्ने भन्नेबारे अहिलेनै आफूले केही भन्न नसक्ने बताए ।

‘विधानअनुसार समितिहरु गठन गर्न जरुरी छ । ती समितिहरु गठन गर्दा सबैलाई समेटेरै गठन गर्ने हो । तर, समितिहरू महाधिवेशन अगावै गठन गर्ने कि महाधिवेशनसम्म यसरी नै अघि बढ्ने भन्ने कुरा संक्रमणकालीन अवस्थामा रहेकाले अहिले नै यो विषयमा म केही भन्दिन ।’

Published : Monday, 2019 April 22, 3:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया