पूर्वएमाले ४४ र पूर्वमाओवादी ३३ जिल्लामा अध्यक्ष (नाम)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ ।
७७ जिल्लामध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको हो ।
माओवादीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ ।
नेकपामा समायोजन भएका चुरेभावर राष्ट्रिय एकता पार्टीसहतिका साना दलहरूले अध्यक्ष र सचिव दुबै पद पाएका छैनन् ।

Published : Monday, 2019 April 22, 1:59 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत