धुन्दुकारी कम्युनिस्ट सरकारविरुद्ध नेविसंघको नेतृत्वमा प्रदर्शन हुने
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारविरुद्ध नेपाली कांग्रेससहित विपक्षी साना दलहरू निकटका विद्यार्थी संघ/संगठनहरूले भव्य प्रदर्शनको तयारी गरेका छन् ।
नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहका अनुसार वैशाख १३ गते ठीक १ बजे काठमाडौंको माइतीघरमण्डलामा कम्युनिस्ट सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागिएको हो ।
वर्तमान सरकार भ्रष्ट, नालायक, शान्ति सुरक्षा दिन नसकेको, शिक्षामा चर्को शुल्क वृद्धि गरेको जस्ता आरोप विपक्षी दलहरू आवद्ध विद्यार्थी नेताहरूको छ ।
‘यो धुन्दुकारी सरकारविरुद्ध आन्दोलनको अवस्था आएको छ’, उनले भने, ‘कम्युनिस्ट अधिनायकवाद विद्यार्थीलाई स्वीकार्य छैन ।’
शिक्षामा भएको चर्को शुल्क वृद्धि र व्यापारिकरण माफियाकरणको भण्डाफोर गर्न प्रदर्शन गर्न लागिएको शाहले जानकारी दिए ।
बुढी गण्डकी, एनसेल, फोरजी अनुमति, ३३ किलो सुनकाण्ड, वाइड बडी जहाज खरिद लगायतमा भएका अर्बौंको भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरूले वैशाख १३ गते प्रदर्शन गर्न लागेको उनले बताए ।
विद्यार्थी संगठनहरूले बालुवाटारको सरकारी जग्गा कीर्ते गरेर नेकपाका महासचिव विष्णु पौडेलसहितका भू–माफियाले कब्जा गरेको भन्दै विरोधमा प्रदर्शन गर्न लागेको जनाइएको छ ।
उनीहरूले निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाहीको माग पनि गरेका छन् ।
सीमा अतिक्रमणसहित सीके राउत ‘काण्ड’ले देशको राष्ट्रियता संकटमा परेको ११ विद्यार्थी संगठनको आरोप छ । उनीहरूले वर्तमान सरकार सर्वसत्तावादी सोँचका साथ देशमा कम्युनिस्ट अधिनायकवाद ल्याउन सक्रिय रहेको पनि ठहर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत