धर्मको खेतीपाती गर्ने ढोँगीहरूलाई कांग्रेस नेता खतिवडाले दिए ‘झापड’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद रामहरि खतिवडाले धर्मका नाममा राजनीति गर्नेहरूको मागी खाने भाँड खोस्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा युवा नेता खतिवडाले धर्मका नाममा राजनीति गरेर जनतालाई धोका दिन नहुने बताए ।

‘संविधानले मुलुकलाई धर्मनिरपेक्ष बनाइ सकेको छ’, उनले भने, ‘जबरजस्त धर्म परिवर्तन गराउन पाइँदैन । संविधानले बन्देज लगाएको छ । मुलुकमा सबै धर्मलाई समान अधिकार छ ।’

कांग्रेसका नेता खतिवडाले हिन्दू धर्मको नाममा कमल थापाहरूले राजनीति गरेको आरोप लगाए । खतिवडाले आफूले लगाएको जनै देखाउदै भने, ‘म हुँ हिन्दू हुँ । म जनै लगाउँछु । तर, म भोटको लागि राजनीति गर्दिन ।’

‘हिजोका दिनमा कमल थापालाई उपप्रधानमन्त्री पद चाहियो । मन्त्री खाने बेलामा हिन्दू धर्मको एजेण्डा भुल्नुभयो’, खतिवडाले भने, ‘कमल थापाजीलाई उपप्रधानमन्त्री चाहियो । तर, धर्म चाहिएन । उपप्रधानमन्त्री पद गयो फेरि धर्मको नाममा राजनीति गर्दै हुनुहुन्छ । यो गलत हो ।’

कमल थापा प्रवृत्तिबाट सचेत हुन नेपाली जनतालाई कांग्रेसका नेता खतिवडाले आग्रह गरेका छन् । ‘धर्मलाई भजाइ खाने भाँड बनाउनेहरूसँग सचेत हुनुपर्छ’, उनले भने, ‘धर्मका नाममा खोलिएका पसलहरू बन्द हुनु जरुरी छ ।’

उनले धर्मका नाममा कुनै पनि समुदाय आतंकित हुनु नपर्ने बताए । ‘मैले सबैको कुरा बुझेको छु । कुनै पनि मान्छेलाई जात, धर्म र लिंगको आधारमा अपमान गर्न पाइन्दैन’, खतिवडाले भने ।

‘हिजोका दिनमा संविधान निर्माण गर्नेमध्या म पनि एउटा व्यक्ति हुँ’, उनले भने, ‘त्यो संविधान हामीले सबै जातको सबै धर्म र सम्प्रदयाको बनाएको छौँ ।’

‘हिजो संविधान सभाबाट निर्मित संविधानको शपथ खानेहरू आज धर्म निरिपेक्ष हुनुहुन्न भन्दै संविधान जलाउँदै छन्’, उनले भने, ‘यो आपत्तिजनको कुरा हो । हिजो संविधानमा सहि गर्नु भएन । तर, त्यही संविधानको शपथ खाएर मन्त्री पद खानु भयो । संविधानलाई गाली गर्न भने भुल्नु हुँदैन ।’

कांग्रेसका नेता खतिवडाले व्यक्तिगत रुपमा आफू हिन्दू भएपनि सबै धर्मलाई बराबरी देख्ने गरेको बताए ।

‘म हिन्दू धर्म मान्छु । म सबै धर्मले संविधानअनुसारको अधिकार पाउनुपर्छ भन्ने पक्षको हुँ’, उनले भने, ‘नेपाली कांग्रेसको ४ वटा तारामध्य एउटा ताराले धार्मिक स्वातन्त्रता दिन्छ ।’

Published : Sunday, 2019 April 21, 6:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया